IME Life New

ज्योति विकास बैंकद्धारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ ।बैंकले आफनो सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट बेनी अस्पताल, बेनी नगरपालिका वडा नं। ८ ( म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं। १, बाग्लुङलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको हो ।

बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

Esewa
Crest

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के।सी द्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य श्रीमती सीता कंडेल र डा।मिलन मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।बैंकले हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत् राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल( कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल ( नवलपुर, महाकाली अञ्चल अस्पताल (कञ्चनपुर, प्युठान जिल्ला अस्पताल(प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र(महोत्तरी, आम्दा अस्पताल(झापा, जिल्ला अस्पताल(खोटाङ्ग,सामरी स्वास्थ्य चौकी(सामरी, बेनी अस्पताल( म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र( बाग्लुङलाई एक(एक थान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु। ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु। ३७ अर्ब लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS