काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । संस्थाको ३ दशमलव ५ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय ६६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले हिजो बुधबारको अन्तिम कारोबार मूल्य एक हजार रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।