काठमाडौं । महिला सहयात्रा लघुवित्तले आठौँ वार्षिक साधारण सभा चैत्र १८ गते गर्ने भएको छ । संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको १२७ औं बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा ओम अध्याय रिट्रिट रिर्सोट थाहा नगर पालिका ६ मकवानपुरमा बिहान ११ बजे देखि सञ्चालन हुने संस्थाले बताएको छ ।
सभामा संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ० दशमलव ५३ प्रतिशत नगद लाभांश पारित हुनेछ ।
लाभांश प्रयोजनका लागि संस्थाले चैत्र १ गते आइतबार एक दिन बुक क्लोज गर्ने भएको छ । फागुन २७ गते विहीबार शिभरात्री गरेको हुनाले फागुन २६ गते बुधबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।