IME Life New

विद्युतिय कारोबारको सिमा दोब्बरले बढ्यो, बीमाशुल्क भुक्तानी गर्दा अधिकतम सिमाको लागु नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारको सिमा दोब्बरले बृद्धि गरेको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा भएको व्यवस्था संशोधन गर्दै कारोबारको सिमा बढाएको छ। मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सिमा अधिकतम  २० लाख रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले मोबाईल बैंकिङको समिमा प्रतिदिन अधिकतम २ लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरेको छ। त्यस्तै इन्टरनेट बैंकिङ मार्फतको भुक्तानीको अधिकतम सिमा प्रतिदिन २० लाख रुपैयाँसम्म पुर्याएको छ। साथै इन्टरनेट बैंकिङ अन्तर्गतको एउटा बैंकबाट अर्को बैंकको खातामा एक दिनमा २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने भएको छ।

Esewa
Crest

तर कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोहि संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्न यस सिमाले कुनै पनि बाधा नपुर्याउने नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिमाना, सवारी दस्तुर, रजिष्ट्रेसन तथा सेवा शुल्क जस्ता विभिध शुल्क भुक्तानीमा पनि यस सिमाले प्रभावित पार्ने छैन। विद्युत सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्दा पनि अधिकतम सिमाले असर नपुर्याउने राष्ट्र बैंकले जनाएको छ।

शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नु पर्ने बील बमोजिमको रकम भुक्तानीका लागि पनि कुनै सिमा तोकिएको छैन। राष्ट्र बैंकले धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरु सँग धितोपत्रहरुको कारोबार बापत तोकिउको बैंक खातामा रकमको भुक्तानी गर्दा चाहे जतिको गर्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS