IME Life New

बैंकहरु कर्जा प्रवाहमा आक्रामक बन्दै, सातामा ११ अर्बले निक्षेप बढ्दा २७ अर्बको लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बाणिज्य बैंकहरु कर्जा विस्तारमा थप आक्रमक बन्दै गएका छन्। फागुन दोस्रो सातामा मात्रै बैंकहरुले २७ अर्बले कर्जा विस्तार गरेका छन्। फागुन पहिलो सातामा बैंकहरुले १७ अर्बले कर्जा बढाएका थिए। फागुन महिनाको पहिलो दुई सातामा मात्रै ४४ अर्बले कर्जा लगानी गरेका छन्।

फागुन दोस्रो सातामा बैंकहरुले ११ अर्बले मात्रै निक्षेप बढाएको देखिन्छ। ११ अर्बले निक्षेप बढाउदा कर्जा विस्तार भने २७ अर्बले बढाएका हुन्। बैंकहरुले कर्जा लगानीको अधिकतम सिमा छुन लागेका छन्। यदि यहि हिसावले कर्जा विस्तार गर्दै जाने हो भने बैंकहरुमा पुनः तरलता अभाव हुँदै जाने अवस्था रहन्छ। तत्कालै तरलता अभाव हुने अवस्था नरहे पनि भोलिकोका दिनमा पनि आक्रमक रुपमा कर्जा विस्तार भैरहने हो भने लगानी योग्य पुँजीको सिमा खुम्चिदै जाने विश्लेषकहरु बताउछन्।

Esewa
Crest

यो समय सरकारको पुँजीगत खर्च हुने समय भएकाले उद्योगी व्यवसायीले कर्जा लिएर निर्माण जन्य सामाग्री खरिद गरिरहेका छन्। निर्माण कम्पनीहरुले कर्जा लिएर विकास निर्माणका काम गर्ने भएकाले बैंकहरुमा कर्जा माग बढिरहेको छ। सरकारले बजेट खर्च गर्दै गए पनि पुन बजारमा पैसा आउने बैंकरहरु बताउछन्। सरकारले जति धेरै खर्च गर्छ बजारमा त्यहि अनुपातमा तरलता शिर्जना हुँदै जान्छ। यसले गर्दा पनि कर्जाको मागलाई धान्न सक्ने विश्लेषण गरिएको छ।

बाणिज्य बैंकहरुको कर्जा तथा लगानी

कोभिड १९ का कारण सरकारले गत चैतदेखि साउनसम्म लकडाउन गर्दा बैंकहरुले कर्जा प्रवाह गर्न सकेका थिएनन्। तर वैदेशिक रोजागरीमा गएका नेपालीले पढाउने रेमिट्यान्स भने बढेको थियो। लकडाउनले गर्दा सर्वसाधारणको बचत पनि खर्च हुन सकेन। अर्को तर्फ रेमिट्यान्स पनि बढ्यो। यसरी बैंकमा निक्षेप थुप्रिदा बजारमा अधिक तरलता शिर्जना भएको थियो। बजारमा अधिक तरलता शिर्जना हुँदा नेपाल राष्ट्र बैंकले पटक पटक बजारबाट पैसा तान्नु पर्यो। राष्ट्र बैंकले अझै पनि अर्बौ रुपैयाँ बजारबाट खिचिरहेको छ। त्यसैले गर्दा तत्काल बजारमा तरलता अभाव हुने अवस्था नरहेको नेपाल राष्ट्र बैंकको धारणा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS