काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १४ गते साधारण सभा गर्ने भएको छ । संस्थाले मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर, तनहुमा विहान ११ बजे सभा सुरु गर्ने जनाएको छ । सभामा कम्पनीले १० दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
संस्थाले सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । २७ गते शनिबार परेको छ । त्यसैले फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
सभाले लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षकको नियुक्तीलाई पनि अनुमोदन गर्नेछ । सभाले एक वा एकभन्दा बढी वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा पनि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।