काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १२ दशमलव ३९ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ३१५ कायम गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ४७८ को आधारमा शेयर मूल्य समायोजन भएको हो ।