IME Life New

एशियन लाइफको विराटनगर शाखाद्धारा बीमितको घरैमै गएर दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विराटनगरका बीमित युश लामा र युश्मा लामाको घरमै गएर दाबी भुक्तानी गरेको छ। बीमित युश लामा र युश्मा लामाको अभिभावक एवं प्रस्तावक युवराज लामाको गत माघ ४ गते मृत्यु भए पछि कम्पनीले बीमितको घरमै गएर चेक हस्तान्तरण गरेको हो।

मृतक युवराज लामाले १० वर्ष अगाडि कम्पनीको ‘बाल उमङ्ग बीमा योजना’ आफ्ना दुई छोरा छोरीलाई खरिद गरिदिएका थिए। एक  लाख रुपैयाँको बीमाङ्क रकम रहेको यस योजनाको बाँकी अवधिको बीमा शुल्क बीमा कम्पनीले नै भुक्तानी गरिदिएको हो।

Esewa
Crest

युवराज लामोको मृत्यु भए पछि बच्चाको संरक्षक आमा जमुना लामालाई किस्ता छुट एवं दुबै बच्चाको पढाइको लागि बीमाङ्क रकम र एक प्रतिशत हुने आउने रकम एक हजारको दरले १३/१३ हजारको एकमुष्ट चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

बिहीबार एक कार्यक्रमका विच मृतकको घरदैलौमा पुगि विराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले चेक हस्तान्तरण गरेका हुन्। यो योजनामा बिमीत बच्चा युश लामा र युश्मा लामाले १८ वर्ष हुञ्जेल प्रत्येक महिना १/१ हजारको दरले पढाई खर्चका साथै किस्ता बापतको रकम जम्मा गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

उक्त कार्याक्रममा शाखा प्रबन्धक भण्डारीले जिवन बिमा भनेको बाँचे आफैलाई जोखिम भए परिवारलाई हुने भएकोले सवैलाई जिवन बिमा गर्न अपिल गरेका थिए। उक्त कार्यक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS