काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दोश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा चैत्र ६ गते गर्ने भएको छ । उक्त सभा होटल नेमान लहान, सिराहामा बिहान १० बजेबाट सुरू हुने संस्थाले बताएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित एजेण्डा छ ।