IME Life New

नेपाल बैंकका नव नियुक्त अध्यक्ष मरासिनीले लिए शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले पद तथा गोपनियताको शपथ लिएका छन् । मरासिनीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्।

शपथ ग्रहणमा नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति÷रणनीतिको माध्यमबाट बैंकको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे।

Esewa
Crest

नव नियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।

शपथ ग्रहणमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री लगायत नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS