काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको विभिन्न ३ वटा कम्पनीको संस्थापक समूहको लिलामी शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ३६ हजार ३ सय ६१ कित्ता, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २ सय कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ९८ हजार ५ सय ९८ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य ५२३ रुपैयाँ रहेको छ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ८१२ रुपैयाँ रहेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४६३ रुपैयाँ रहेको छ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।