काठमाडौं । मिर्मिरे लघुवित्तले सप्तरीको रुपनगर शाखा कार्यालयको तर्फबाट वित्तीय साक्षरता र प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न गरेको छ । १५० जना स्थानीयहरुको सहभागितामा वित्तीय साक्षरता र प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत महिला हिंसा हुन नदिन अपनाईनुपर्ने सचेतनाका विषयमा जानकारी दिएको जनाएको छ ।
वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तको परिचय, बचतको महत्व, कर्जा, उद्यमशीलता, महिला सशक्तीकरणको विषयमा भिडियो प्रस्तुत्ति र इलाका प्रहरी कार्यालय रुपनगर, सप्तरीले हिंसाको परिभाषा, हिंसाको प्रकार, हिंसाको असर र उजुरी प्रक्रियाको विषयमा छलफल भएको थियो ।