काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ०६ मा आफ्नो २१३ औं शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले गरेका थिए । उनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर देशको आर्थिक विकासमा टेवा पुगेको बताएका छन् ।