Connect IPS
IME Life

सिभिल बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । सिभिल बैंकले आइतबार दशौं वार्षिक साधारण सभा आज भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ ।उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने चौसठ्ठी करोड दुई लाख  रुपैयाँ  बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ० दशमलव ४२ प्रतिशतका दरले हुन आउने तिन करोड छत्तीस लाख रुपैयाँ नगद नगद लाभांश सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक  र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

Prabhu
Crest

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम  सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव ७८ अर्व रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS