IME Life New

राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी आधारभूत तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले फाल्गुण ८ गते प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी एक दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपाल अन्तर्गत रहेका करिब २५० जना सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर  वासु थपलियाले स्वागत मन्तब्य दिएका थिए। कार्यक्रममा उपस्थित सबैजनालाई स्वागत गर्दै मन्तव्यको क्रममा  वासु थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए ।

Esewa
Crest

कार्यक्रमको अध्यक्षता राष्ट्रिय वहिरा महासंघका उपाध्यक्ष  सत्यदेवी वाग्ले गरेकी थिइन।  कार्यक्रमको समापन मन्तव्य राख्दै कार्यक्रमको अध्यक्षता गरेकी सत्यदेवी वाग्लेले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा शेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै हाम्रा बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताउँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताइन्।

तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए भने यसलाई सांकेतिक भाषामा बहिरा महासंघका दोभाषेहरु दिनेश श्रेष्ठ, टिकाराम लामिछाने र कमला भट्टराईले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS