IME Life New

शेयरधनीलाई नगद लाभांश र रकम फिर्ता लिन मिर्मिरे लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश बुझ्न र विभिन्न समयमा लगानी गरेको रकम फिर्ता लिन आग्रह गरेको छ । साविकको नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको विभिन्न वार्षिक साधारण सभाहरुबाट पारित नगद लाभांश कतिपय लगानीकर्ताले हालसम्म पनि नलिएकाले उक्त रकम प्राप्त गर्न आवश्य कागजपत्र लिएर कम्पनीको शेयर रजिष्टार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा उपस्थित हुन आग्रह गरेको हो ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ६१ हजार ३२७ रुपैयाँ र २०७२/७३ मा ४ लाख ३६ हजार ४०३ गरी जम्मा  ४ लाख ९७ हजार ७३१ लाभांश बापतको रकम भुक्तानी हुन बाँकी छ ।

Esewa
Crest

उक्त आर्थिक वर्षको लाभांश पूर्जा प्राप्त गरेका शेयरधनीहरुले धितोपत्र खरिदको फिर्ता हुन बाँकी रकम आफ्नो कुनै परिचयपत्र वा उल्लेखितआर्थिक वर्षहरुमा शेयरधनी भएका तर हाल आफ्नो शेयर बिक्री गरिसकेका तत्कालिन शेयरधनीहरुले आफ्नो परिचयपत्रका साथ शेयर बिक्रीको प्रमाण देखिने कुनै कागजातको प्रतिलिपी लिई आजका मितिबाट ३० दिनभित्र शेयर रजिष्टार एसबिआइ मर्चेन्टमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS