काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चैत्र ५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले चैत्र ५ गते, बिहीबार, बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।संस्थाको फागुन ६ गते, बिहीबार बसेको संचालक समितिको बैठकले गरेकोउक्त सभा गर्ने निर्णय गरेको हो ।
सभामा संस्थाको पुस २७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३ दशमलव ५ प्रतिशत बोनस शेयर र ० दशमलव १८४२१ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ३ दशमलव ६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने भएको छ ।
त्यस्तै, सभामा संस्थाको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, भएको छ ।
साथै सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गर्ने भएको छ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसका कारण फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।