IME Life New

इन्स्योरेन्स खवर समाचार प्रभाव : एनएलजी इन्स्योरेन्सले नियुक्ति गर्यो महिला संञ्चालक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। इन्स्योरेन्सखवरले फाल्गुन ५ गते बीमा कम्पनीको सञ्चालक पदमा महिला नगन्य, २६ कम्पनीले गरेनन् कम्पनी ऐनको पालना नामक शिर्षकमा समाचार प्रकाशन गरेको थियो। उक्त समाचार प्रकाशन भएको एक दिनमै एनएलजी इन्स्योरेन्स कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शालिनी राणालाई नियुक्त गरेको हो।

कम्पनीको फाल्गुन ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा ९० ‘३’ बमोजिम राणालाई नियुक्त गरिएको जनाएको छ। कम्पनी ऐन अनुसार महिला शेयरधनी भएको पब्लिक कम्पनीले एक जना महिलालाई अनिवार्य सञ्चालक पदमा नियुक्ति गर्नै पर्ने व्यवस्था छ।

Esewa
Crest

यस अगाडि मन बहादुर राइले सञ्चालक पदबाट राजिनामा दिएका थिए। उनि सेञ्चुरी बैंकको सञ्चालक पदमा निर्वाचित भैसकेका छन्। उनले राजिनामा दिए सँगै कम्पनी ऐन अनुसार राणालाई नियक्ति गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS