IME Life New

दुई ठाउँको जग्गा बेचेर कर्पोरेट अफिसका लागि एकै ठाउँमा जग्गा किन्दै ग्लोबल आइएमई बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ग्लोबल आइएमई बैंकले अनामनगर र पानीपोखरीको जग्गा बिक्री गर्ने भएको छ। बैंकले आफ्नो नाममा रहेको पानीपोखरीको तीन रोपनी र अनामनगरको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो।

बैंकले अनामनगरको जग्गामा कर्पोरेट अफिस निर्माण गर्ने योजना बनाएको थियो। तर कर्पोरेट अफिसका लागि कम हुने भन्दै बैंकले पानीपोखरीमा रहेको तीन रोपनी पनि बिक्री गरेर एकैठाउँमा किन्न योजना बनाएको हो। हाल कमलादीमा बैंकको आफ्नै भवनमा कर्पोरेट अफिस रहेको छ। तर उक्त अफिस अपुग भएको भन्दै बैंकले ठुलो भवन निर्माण गर्ने तयारी गरेको हो। दुबै ठाउँको जग्गा बिक्री गर्दा बजारमा चलन चल्तीको मूल्य अनुसार बैंकले करिब एक अर्ब रुपैयाँमा बिक्री गर्न सक्छ।

Esewa
Crest

बैंकले बिहीबार बैंकिङ सम्पत्ति जग्गा बिक्री लिलाम गर्ने १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। इच्छुक खरिदकर्ताले १५ दिन भित्रमा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS