IME Life New

महिला लघुवित्तको आइपिओमा अहिलेसम्मकै सर्वाधिक १५ लाख १९ हजारको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ। संस्थाको प्राथमिक शेयरमा १५ लाख १९ हजारको आवेदन परेको हो। यस अगाडि नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओमा १४ लाख ७५ हजारको आवेदन परेको थियो।

संस्थाले सर्वसाधारण समुहको ४ लाख कित्ता प्राथमिक शेयरका लागि बिक्री खुला गरेको थियो। चार लाख कित्ता मध्ये ५ हजार कित्ता कर्मचारीहरुको लागि बिक्री गरिएको छ। म्युचुअल फण्डलाई ५ प्रतिशत छुट्टाएर बाँकी रहेको तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। सर्वसाधारका लागि बिक्री गरिएको उक्त शेयर जम्मा तीन लाख ७५ हजारले १० कित्ताका दरले प्राप्त गर्ने छन्। बाँकी ११ लाख ५४ हजारको हात खालि हुने छ।

Esewa
Crest

संस्थाले माघ ३० गतेदेखि निष्काशन गरेको प्राथमिक शेयरमा ६२ गुणा भन्दा बढिको लागि आवेदन परेको हो। प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS