काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको माघ ८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभाको मिति तय भएको हो । उक्त सभा लहरीखर्क रिसोर्ट, साँगा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरू हुने संस्थाले जनाएको छ ।
संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू रहेका छन् ।
संस्थाले साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा कारोबार भएर कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।