Connect IPS
IME Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नं १ बीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटे निफ्रा र प्रदेश नं १ को सार्वजनिक नीजि साझेदारी तथा लगानी प्राधिकरणबीच सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्राधिकरणसँग समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

समझदारी पत्रमा प्रदेश नं १ को सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा सरोज कोईराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई पनि उपस्थित थिए ।

Prabhu
Crest

यस समझदारीपत्रको मुल उद्देश्य प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बैंकले उल्लेख गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS