काठमाडौं । गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट अध्यक्ष बस्यालले पद तथा गोपिनियता शपथ ग्रहण गरेका हुन् ।
माघ ३० गते सम्पन्न बैंकको १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका थिए ।