IME Life New

सेन्ट्रल फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीको बैंक खातामा जम्मा नगद लाभांश गरिदिने भएको छ । गत २३ गतेको वार्षिक साधारणसभाले पारित गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने जनाएको छ ।

कम्पनीले आज फागुन ३ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा ३ प्रतिशत नगद लाभांश जम्मा गरिदिने जनाएको छ ।

Esewa
Crest

त्यस्तै साधारणसभाबाट पारित भएको ७ प्रतिशत बोनस शेयरलाई सूचिकरण भए पश्चात सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकीकरण गराइसकेका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले छिटो आफ्नो हितग्राही खातामा बैंक खाता नं। अद्यावधिक गराएमा उनीहरुको नगद लाभांश सोही खातामा क्रमशः जम्मा गर्ने बताइएको छ ।

माघ ११ गतेसम्म आफ्नो शेयर धितोमा राखी कर्जा सुविधा उपयोग गरेका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट धितो राखेको शेयरको संख्यासमेत खुल्ने गरी नो अब्जेक्सन लेटर अथवा उल्लेखित मितिपछि कर्जा चुक्ता गरेका शेयरधनीहरुले नगद लाभांश फुकुवा गरिदिने पत्र प्राप्त गरी एनएमबि क्यापिटलमा पेश गरेपछि मात्र बैंक खातामा जम्मा गरिने समेत कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS