काठमाडौं । गरिमा विकास बैंकले १४औं बार्षिक साधारणसभाले १४ दशमलव २१ प्रतिशत लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १३ दशमलव ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ० दशमलव ७१ प्रतिशत नगद लाभांश गरि कुल १४ दशमलव २१ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा.आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै, सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन पनि गरेको छ ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश सेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ ।