काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा यो साता ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । जसमध्ये २ वटा कम्पनीको बोनश शेयर र एउटा कम्पनीको आइपीओ सूचिकृत भएको हो ।
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ लाख ४८ हजार ९ सय ८५ दशमलव १४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
त्यस्तै, मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको २० करोड कित्ता साधारण शेयर सूचिकृत भएको हो ।