IME Life New

महालक्ष्मी लाइफले दोस्रो वार्षिकोत्सवको अवसरमा ल्यायो ‘महालक्ष्मी धनधान्य’ मनि व्याक पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसाय कारोबार प्रारम्भ गरेको दुई वर्ष पुरा गरेको उपलध्यमा नयाँ बीमा पोलिसी ल्याएको छ। कम्पनीले मनि व्याक बीमा योजना ‘महालक्ष्मी धनधान्य’ बजारमा ल्याएको हो।

यो बीमा योजना खरिद गरेका बीमितले बीमा अवधि समाप्त हुनु भन्दा अगाडि आफुले भुक्तानी गरेको प्रिमियमको केहि रकम फिर्ता पाउने कम्पनीका प्रवक्ता कमल पन्थीले जानकारी दिए। बीमितलाई बीमा अवधिमा तरलता अभाव नहोस भनेर यस्तो पोलिसी जारी गरिएको उनले बताए। यो पोलिसी खरिद गरेका बीमितले आफुले भुक्तानी गरेको प्रिमियम फिर्ता पाउनुका साथै बीमाङ्क बराबरकै थप सुविधा पाउन सक्छन्।

Esewa
Crest

यो बीमा योजना न्युनतम १५ वर्ष र अधिकतम २० वर्ष अवधिको खरिद गर्न सकिन्छ। १५ वर्ष अवधिको बीमा गर्दा बीमितले ५ वर्ष पछि आफुले भुक्तानी गरेको प्रिमियमको २० प्रतिशत र १० वर्ष पछि थप २० प्रतिशत रकम फिर्ता पाउछन्। त्यस्तै २० वर्ष अवधिको पोलिसी खरिद गरेमा बीमितले १० वर्ष पछि २० प्रतिशत र १५ वर्ष पछि थप २० प्रतिशतका दरले प्रिमियम फिर्ता पाउने पन्थीले जानकारी दिए। न्यनतम १८ वर्षदेखि अधिकतम ५५ वर्ष उमेर समुहकाले यो पोलिसी खरिद गर्न सक्ने छन्।

बीमितले न्युन्तम ५० हजार रुपैयाँदेखि अधिकतम २५ करोड रुपैयाँसम्मको बीमा गर्न सक्छन्। बीमाङ्क रकम बीमितको आयस्रोत तथा प्रिमियम भुक्तानी गर्न सक्ने क्षमताका आधारमा तय गरिने कम्पनीले जनाएको छ। यो बीमा योजना खरिद गर्दा बीमितले थप चार वटा सुविधा लिन सक्ने छन्।

यस योजनामा १ करोड सम्मको दुर्घटना मृत्यु बीमाका साथै दुर्घटनाबाट अपाङ्गता भएमा अपाङ्गता पछि बाँकी अवधिको बीमा शुल्क भुक्तानी गर्नु पर्दैन। सरकारले निर्धारण गरेका १४ वटा घातक रोग बिरुद्धको पनि बीमा हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS