काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफामा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८५ प्रतिशतले घटेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा ४० करोड ४१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर ५ करोड ७१ लाखमा सीमित भएको छ ।
चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ८८ करोड ९३ लाख सञ्चित रहेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा, मूल्य आम्दानी अनुपात १७६ दशमलव २४,तरलता अनुापत १२ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ २९२ रुपैयाँ ९२ पैसा रहेको छ ।