काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यी संस्थाले एक आपसमा मर्जर तथा प्राप्तीका लागि हिजो माघ २६ गते, सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तको तर्फबाट संयोजक बलराम बिष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।