काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ । बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको एक लाख ५० हजार कित्ता र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको ७ लाख कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रतिकित्ता ५ सय २० रुपैयाँ र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रति कित्ता ६ सय रुपैयाँ रहेको छ ।
लगानीकर्ताले आजबाट चैत्र ३ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले विओके क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा बैंक अफ काठमाडौं लिमिटेडको विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन् ।