IME Life New

एक बीमा कम्पनी सहित ११ कम्पनीको शेयर कारोबार रोक्का, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सूचीकृत ११ वटा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । शेयर कारोबार रोक्का हुने कम्पनीहरु ७ जलविद्युत कम्पनी, एक बीमा कम्पनी, दुई माइक्रोफाइनान्स र एक विकास बैंकको रहेका छन् ।

कारोबार रोक्का भएका कम्पनीहरुमा नेपाल हाईड्रो डेभलपर, पन्चकन्या माई हाईड्रोपावर, पाँचथर पावर कम्पनी, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाईड्रोपावर डेभलपमेन्ट र यूनियन हाईड्रोपावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स र कालिका लघुवित्त रहेका छन् ।

Esewa
Crest

 

यी कम्पनीहरुको आर्थिक वर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन धितोपत्र बोर्डमा पेश नगरेको कारण कारोबार रोक्का गरिएको नेप्सेले एक सुचना जारी गर्दै जनाएको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उप नियम (२) बमोजिम बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन लगायतका कागजात पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले दोस्रो बजारमा कारोबार रोक्का गरिएको नेप्सेले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS