IME Life
GBIME

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । उक्त अब फागुन ६ गतेसम्म आवेदन दिन सकिने भएको छ। यसअघि माघ २६ आजमाघ २६ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा म्याद थप गरिएको हो ।

बैंकले माघ २२ गते, बिहीबारबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र धमाधम बिक्री गरिरहेको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

Crest

सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई माघ २ गते, शुक्रबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

लगानीकर्ताले यस ऋणपत्रमा फागुन ६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS