IME Life New

नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ । नबिल बैंक एस.एम.ई तथा लघुबित्त प्रमुख निरज कुमार बस्नेत र उपाय सर्भिसेसका महाप्रबन्धक राजु के.सीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।

Esewa
Crest

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु-याउछ ।”

“नबिल बैंक लिमिटेडसगको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने । उनी थप भन्छन्, “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ । बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS