IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद पाउन डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्नु पर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावित २० प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांस शेयरधनीकै खातामा जम्मा गरिदिने भएको छ। कम्पनीले नगद लाभांस प्राप्तीका लागि सम्पुर्ण शेयरधनीहरुलाई आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेको छ।

कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत शेयरधनीको बैंक खातामै नगद लाभास जम्मा हुने व्यवस्था मिलाएको हो। विगतका वर्षहरुमा वितरण गरिएको बोनस शेयर प्रमाणपत्र तथा नगद लाभांश हालसम्म नलिएका शेयरधनीहरुले पनि कम्पनीको प्रधान कार्यालयको शेयर शाखामा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

Crest

नेपाल लाइफले माघ २८ गते २० औ वार्षिक साधारणसभा गर्दैछ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा जगेडा कोषबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ।

माघ १३ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांस प्राप्त गर्ने छन्। साधारणसभा प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS