IME Life New

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमाकोष १०४ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासिक अवधिमा २१ प्रतिशतले नाफा सुधार गरेको छ। पुस मसान्त सम्ममा कम्पनीले ७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा  आर्जन गर्न सफल भएको छ। गत वर्षको यहि अवधिमा  ६ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

यसै अवधिमा कम्पनीले एक अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ६० करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो। गत वर्षको यहि अवधिको तुलनामा कम्पनीले ९८.५ प्रतिशतले बृद्धि गरेको हो। कम्पनीले हालसम्म ४ अर्ब ९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।

Esewa
Crest

कम्पनीले यसै अवधिमा २० करोड ९० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। गत वर्षको यहि अवधिमा एक करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। नाफामा सुधार सँगै कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५८ पैसा पुगेको छ। त्यस्तै नेटवर्थ १३३ रुपैयाँ रहेको छ।

कम्पनीले २०७४ असार २० गते सञ्चालन अनुमति पाएको थियो। सञ्चालन अनुमति पाए सँगै २०७४ भदौ एक गतेदेखि जीवन बीमा व्यवसायको कारोबार सुरु गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। बीमा समितिको नियम अनुसार न्युनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले सर्वसाधारण समुहको ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनको तयारी गरिरहेको छ।

कम्पनीको दोस्रो त्रैमाशिक वित्तीय विवरण 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS