IME Life New

महालक्ष्मी लाइफको स्ट्राटेजिक विजनेस मिट- २०२१ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। महालक्ष्मी लाईफ इन्स्योरेन्स आर्थिक वर्ष  २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । पोखरामा यही माघ १५ र १६ गते सम्पन्न उक्त सम्मेलनको मुख्य उद्देश्य शाखा/ उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको थियो । देशै भरिका शाखा/उपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र प्रधान कार्यालयका विभागिय प्रमुख समेतको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो।  पहिलो चरणमा माघ १५ गते प्रधान कार्यालयका विभागिय प्रमुख र क्षेत्रिय,उपक्षेत्रिय प्रमुखको समिक्षा बैठक भएको थियो । सो बैठकमा अर्धवार्षिक व्यवसायको समिक्षा र आगामी रणनीति बारेमा विस्तृत छलफल भएको थियो । जीवन बीमा व्यवसायमा एकल बीमा पोलिसीको नकरात्मक प्रभाव र विकृति बारेमा गंभिर छलफल भएको थियो ।

Esewa
Crest

माघ १६ गते विभागिय प्रमुख, क्षेत्रिय, उपक्षेत्रिय प्रमुख र शाखा/ उपशाखा प्रमुखको संयुक्त सम्मेलन भएको थियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले  बीमा व्यवसायको कमी कमजोरी र शाखा/उपशाखा प्रमुखले खेल्ने भूमिका, गुणात्मक व्यवसाय गर्ने तरिका बारेमा तालिम प्रदान गरेका थिए। सोही दिनको कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतहरु कमल पन्थी, रामेश्वर श्रेष्ठ, वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमला लगायत अन्य विभागिय प्रमुखहरुले विषयगत तालिम प्रदान गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS