IME Life New

किन बढिरहेको छ सगरमाथा इन्स्योरेन्सको शेयर मूल्य?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सगरमाथा इन्स्योरेन्सको शेयर केहि दिनदेखि लगातार बढिरहेको छ। तीन महिना अगाडिसम्म ८/९ सय रुपैयाँको हाराहारीमा कारोबार भैरहेको कम्पनीको शेयर मूल्य केहिदिन यता सुधार हुने क्रममा साढ १५ सय रुपैयाँ पुगिकेको छ।

दोस्रो बजारमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने हल्ला चलाएर मूल्य बढिरहेको देखिन्छ। कम्पनीले हकप्रद शेयर निष्काशनको तयारी गरिरहेको हल्लाले मूल्यमा खेल्न खोजिएको हो। कम्पनीले बीमा समितिले निर्देशन गरेको पुँजी जुटाउन आर्थिक वर्ष २०७४/७५ मा ८६ प्रतिशत बोनस शेयर दिएको थियो। कम्पनीले जगेडा कोषबाट पुँजी जुटाउन बोनस शेयर दिएकाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा लाभांस दिन सकेको थिएन।

Esewa
Crest

अझै पनि कम्पनीले राम्रो लाभांस दिन सक्ने अवस्था छैन। तर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने हल्ला चलाएर मूल्य बढाउन खोजेको देखिन्छ। अहिलेसम्म कम्पनीले हकप्रद शेयर निष्काशनको कुनै पनि आधिकारिक प्रस्ताव सार्वजनिक गरेको छैन। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को साधारणसभाको तयारी गरिरहेको छ।

आगामी हुने साधारणसभाले राम्रो लाभांस दिने हल्लाले पनि बजारमा काम गरिरहेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले ३५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा लाभांस दिन नसकेको कम्पनीले यस वर्ष राम्रो लाभांस दिन सक्ने अनुमानले पनि दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS