काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको प्रधान कार्यालय रहेको भवन, दरबारमार्ग काठमाडौंमा सम्पन्न भएको हो ।
विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१ः०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।
सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
अब राष्ट्र बैंकले अनुमति दिएपछि तिनाउ डेभलपमेन्ट बैंकर सिटिजन्स बैंकको एकृकित कारोबार सुरु गर्ने छ ।