IME Life New

मञ्जुश्री फाइनान्सको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ९९ लाख रुपैयाँले कमी हो।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। ९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाईनान्सको जगेडा कोषमा ३७ करोड ७४ लाख रुपैयाँ र शेयरधनीकोषमा २ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

Esewa
Crest

पुस मसान्तसम्ममा ७ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबर कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिसम्ममा फाईनान्सले १९ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा फाईनान्सले १९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिसम्ममा फाईनान्सको निष्कृय कर्जा अनुपात ३ दशमलव ०१ प्रतिशत रहेको छ। फाईनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १० पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS