IME Life New

आरम्भ चौतारी लघुवित्तको उत्साहजनक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा लघुवित्तले ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा २ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ११३५ प्रतिशतले बढी हो ।

चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड २० लाख रुपैयाँ संचिती रहेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तले १३ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा उसले ७ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

संस्थाले समीक्ष अवधिमा निक्षेप संकलन ५९ करोड ५१ लाख रुपैयाँबाट बढेर १ अर्ब ६ करेड १२ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी १ अर्ब ७१ करोड रुपैयाँबाट बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

गत वर्षको दोस्रो त्रैमाससम्ममा १ दशमलव २४ प्रतिशत रहेको खराब कर्जा बढेर ४ दशमलव ८२ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६६ पैसाबाट बढेर ४७ रुपैयाँ ३८ पैसा पुगेका छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १२ पैसा र मूल्य आम्दानी अनुपात २२.७७ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS