IME Life New

सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

हालसम्म हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न हाग्रह गरेको छ ।

Esewa
Crest

गत पुस १६ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS