Connect IPS
IME Life

आरएसडीसी लघुवित्तको नाफा ५ करोड २२ लाख, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ५ करोड २२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ४ करोड ६० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ९४ लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा १ दशमलव ४८ प्रतिशतले धेरै हो । त्यस्तै, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा भने ३ दशमलव २४ प्रतिशतले घटेर ६ करोड ९८ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ ।

Prabhu
Crest

संस्थाको चुक्ता पूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ, जगेडा कोषमा ११ करोड ४६ लाख ४९ हजार रुपैयाँ संचिती रहेको छ ।नव प्रतिशेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS