Connect IPS
IME Life

सानिमा लार्ज क्याप फन्डमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले माघ ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा लार्ज क्याप फन्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने समय थप भएको छ । यसअघि माघ १३ गतेसम्म दिन पाइने भनिएकोमा अब माघ २६ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त फण्डमा सोमबार बेलुका ५ बजेसम्ममा ५० हजार ७ सय ४४ आवेदकले ६१ करोड ३९ लाख ३३ हजार ३ सय रूपैयाँ बराबरको आवेदन दिएका निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

Prabhu
Crest

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन पाइनेछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS