काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।
लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरूले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ ।
नेपालीहरूले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरून्तै भुक्तानी लिन सकिनेछ