IME Life
GBIME

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन तथा विक्री खुला

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आजबाट हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको छ । बैंकले १०० अंकित ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । शेयर निष्काशन बन्द भने फागुन ३ गते बैंकिङ्ग समयपश्चात् हुनेछ ।

नैपसेमा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हक प्रद शेयरमा आवेदन दिन सक्नेछन् । आफ्नो कायम हकभन्दा बढी हकप्रद शेयरको लागि दरखास्त दिन पाईने छैन् । तर, साविक शेयरधनीले आफ्नो कायम हकभन्दा कम हकप्रद शेयर खरिद गर्न आवेदन दिन सक्नेछ ।

Crest

हाल कम्पनीको चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रहेको छ भने हकप्रदन निष्कासन गरी बाँडफाँड गरेपश्चात् बैंकको चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० पुग्नेछ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS