Connect IPS
IME Life

मिर्मिरे लघुवित्तको नाफा ८८% ले बढ्यो, अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ८८ दशमलव ७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ३ करोड ९८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको चुक्ता पूँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ, जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

यस अवधिसम्म आइपुग्दा संस्थाले १७ करोड ९२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा ७३ दशमलव १८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १० करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्ममा संस्थाले ११ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा १२० दशमलव ८६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ५ करोड ४० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

संस्थाको यस अवधिसम्ममा प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS