IME Life New

मिर्मिरे लघुवित्तद्धारा शाखा व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लि।को क्षेत्रीय कार्यालय बौनिया कैलालीको आयोजनामा प्रदेश नं ५, ६ र ७ का शाखा प्रमुखहरुलाई एक दिवसीय प्रभावकारी शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रभावकारी कार्यसंचालनमा शाखा प्रमुखहरुको भूमिका, बरिष्ठ अधिकृत सुशिल कुमार बुढाले लेखा तथा इम्पावर सफ्टवेयर सम्बन्धि, बरिष्ठ अधिकृत राजेश श्रेष्ठले शाखा तथा जोखिम व्यवस्थापन र सुपरिवेक्षक प्रकाश बहादुर बोगटीले धितो कर्जा लगानी विषयमा सहजिकरण गरेका थिए ।

Esewa
Crest

कार्यक्रमको सहयोगी साझेदार संस्थाको रुपमा मेटलाइफ एलिकोका रितेन्द्र कार्कीले माइक्रो इन्योरेन्सको बारेमा शाखा प्रमुखहरुलाई जानकारी दिएका थिए । उक्त तालिममा ३७ वटा शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS