IME Life New

शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न लुम्बिनी विकास बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको गत पुस २६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिने भएकाले खाता अद्यावधिक गर्न आग्रह गरेको हो ।

पुस १३ गतेसम्म हितग्राही खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई पनि बैंक खातामा नै नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ । बैंक खाता गलत भएर रकम अनेत्र जम्मा हुन गएमा शेयरधनी स्वयम जिम्मेवार हुनु पर्ने भएकोले बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

Esewa
Crest

गत पुस १३ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने जनाएको छ ।

अद्यावधिक गर्न बाँकी शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS