IME Life New

मुक्तिनाथ विकास बैंकको नाफा ३०% ले बढ्यो, अधिकांश सूचक सकरात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्ममा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३० दशमलव २८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ संचिती रहेको छ । गत आथिृक वर्षको सोही अवधिको तुलनामा बैंकको जगेडा कोष १४ दशमलव ३९ प्रतिशतले बढेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा २८ दशमालव १९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

यस अवधिसम्ममा बैंकको निक्षेप ३० दशमलव ६४ प्रतिशतले बढेर ७४ अर्ब ८७ करोड २२ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी २२ दशमलव २७ प्रतिशतले बढेर ५८ अर्ब २७ करोड ४० लाख रुपैयाँ पुगेको छ।

यस अवधिसम्ममा बैंकको प्रति शेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको थियो । यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS