काठमाडौं । नेप्से ५ दशमलव ५७ अंकले घटेर २३२६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।टेडिङ, फाइनान्स र जीवन बीमा कम्पनी बाहेक आज अन्य क्षेत्रको उपूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ६ सय वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रगोसिभ फाइनान्स, नेपाल फाइनान्स, गुर्खाज फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९५ का दरले कमाएका छन् ।
नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, प्रभु लाइफ, नेपाल लाइफ, गुडबिल फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् ।